onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एम एम अन्तर प्रदेश यु – १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित

काठमाडौं (अनलाइन खेलखबर ) । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको अन्तर प्रदेश यु – १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित हुँन पुगेको छ ।

हाल विश्वभरी महामारीका रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड -१९ ) का कारण प्रतियोगिता गर्न असमर्थ भएको आयोजकले जानकारी गराएको छ ।

अघिल्लो वर्ष प्रतियोगिता बैशाख १८ देखि २४ गतेसम्म काठमाडौंस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो ।

जसको उपाधि प्रदेश २ ले उचालेको थियो । प्रतियोगिताको च्याम्पियन हुँने क्रममा प्रदेश २ ले सुदुर पश्चिम प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

उपाधी उचालेको प्रदेश २ ले नगद २ लाख ५० हजार र सोही बराबरको खेलकुद सामाग्री प्राप्त गरेको थियो । भने त्यस्तै उपविजेता बनेको सुदरपश्चिमले १ लाख २५ हजार र सोहि बराबरको खेलकुद सामग्री प्राप्त गर्न सफल भएको थियो ।

यता प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भएका थिए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नम्बर ३ का दिपक बोहोरा घोषित हुँदा उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आईश भट्टराई चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्