onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रिय खेलकुद , मिस यू…

ट्क. ट्क..ट्क…ढोकाबाट आवाज आउँछ । त्यो आवाज मेरो मिठो निन्द्रालाई भंग गर्ने माध्यम बनिरहेको छ । हतार हतार उठ्छु ,बाहिर बिहानको मिठो चिया आउँछ । फेरी म हतारिन्छु , टक्क मुख फटाफट धुन्छु र चियाको कप समात्न आईपुग्छु ।

चियासँगै पूरानै बानि सामाजिक संजालमा ध्यान जान्छ । सट-कटमा हेरि सकेपछि खबर पढ्ने , सुरुमा नजर खेलमा जान्छ । अहिले खेलकुदका कुनै गतिविधि पनि छैन । र गतिविधि नहुनु भनेको सिधा हामी जस्ता खेलकुदमा लेख्ने मानिसका लागि सामाग्री नै छैन भन्दा हुन्छ ।

सामाग्री नहुँदा अहिलेको ठूलो संकट कोरोना भाइरसको पछिल्लो अपडेट थाहा पाउँन मनको चाहना हुन्छ । मनको चाहनालाई पूरा गर्ने क्रममा त्यसले झन बेचैनी पैदा गरिदिन्छ ।

जसको अहिले चुनावको सेरोफेरोमा चल्ने काउँनडाउँन जस्तै चलिरहेको छ । यो देशमा यति पुगेछन् । त्यो देशमा यस्तो भएछ , हाम्रो देशमा यो छ , यावत् कुराहरु । दिनको सुरुवात यहाँबाट हुन्छ र अन्त्य पनि यहिँबाट हुन्छ ।

अब के गर्ने होला ? प्रश्न मनमा उब्जिन्छ । र केही समय पछि पनि प्रश्नले न्याय पाउँने गरी उत्तर पाउँदैन र निराश हुँदै बिना योजना दिनको सुरुवातका लागि तयार हुन थाल्छ ।

यसबीचमा उहीँ पुरानो योजना प्रयोगमा आउँछ । फिल्म हेर्छु त्यसपछि २-३ घन्टा गैहाल्छ नि… तर भने जस्तो अब सजिलो रहेन । धेरै दिन भएछ , साच्चैं बाहिरी संसार भन्दा टाढा भएको करिब एक महिना हुन थालेछ ।

जसको अनुभुती फिल्म खोजाईले पनि गराउँछ । जति दिनहरु बढ्दै छ । फिल्म भने पातलिने क्रममा रहेको छ । विगतमा हेर्न नपाएका , धेरै सुनिएका र मनले हेर्न लालाहित हुने खालका लगभग सकिएका छन् ।

अब उहीँ हेर्न बित्तिकै अन्त्य पनि थाहा हुने खालका बाँकी रहेका छन् । जसको सुरुवात त भएको थियो तर मनले ईक्छा देखाएन र कठोर निर्णय यसबीचमा हुन पुगेको छ । जसमा मलाई कुनै अपसोच पनि छैन ।

सोही बीचमा अहिले केही राम्रा वेब सिरिज तथा यु – टुभमा रहेका सामाग्री र समय बिताउन केहि पुरानो उपन्यासको सहयोग लिई रहेको छु । जून मैले यसअघिनै पढिसकेको छु । तर पुस्तक कहिले पुरानो हुँदैन जति पढ्यो त्यति अर्थपूर्ण हुन्छ जस्तो लाग्छ। जुन पुस्तकको अलौकिक शक्ति पनि हो ।

यसरी दिनहरु बिताउँन अहिले मेरा यी सारथी बनेका छन् ।

सम्भवत कुनै पनि खेलकुद गतिविधि यसरी ठप्प भएको यो काल खण्डकै पहिलो घटना हो । यसरी विगतमा सबै खेलहरु बन्द भएका थिएनन् ।

अहिले माहोल नै जो यस्तो छ । अन्य क्षेत्रसँगै खेलकुद पनि अछुतो छैन । बाहिरी ब्यक्तिहरुसँग जति दुरी कायम गर्न सकियो त्यति बढि सुरक्षित । त्यसैले सबै अहिले घरमा सुरक्षित रहने प्रयास गर्दैछन् । कोरोना भाइरसलाई जित्ने प्रयासमा छन् । र म पनि यस कुरामा पूर्ण सचेत भने छु बाँकी अल्लाह भरोशा .. ।

प्रयास गर्दा गर्दै अर्को पाटो कहाली लाग्दो रुपमा विश्व जगतमा देखा परिरहेको छ । अनेक रोकथाम र नियन्त्रणका प्रयासहरु भएपनी भाइरसको प्रभाव बलियो बन्दै गएको अवस्था छ ।

तर यो मनले भने चाँडैनै यो माहोल ठिक होस् भन्ने दिनहु कामना गरिरहेको हुन्छ । यस अघि यस्तो अवस्था पनि आएको थिएन । नआएपछी अनुभुती पनि स्वाभाविक रुपमा हुनेनै भएन ।

जब मानिसले सदैभ पाईरहन्छ त्यसबेला त्यसको त्यती मतलब हुँदैन त्यो मानविय गुण समेत हो । जब केही कुरा हामीबाट टाढा हुन्छ त्यसले आफु भित्र पारेको प्रभावलाई अझ नजिकबाट चिन्ने मौका सिर्जना गर्दिदो रहेछ ।

हो यस्तै भईरहेको छ , खेलले मेरो जिन्दगीमा पनि ठूलो प्रभाव पारिरहेको रहेछ । मलाई यसअघि पनि लाग्थ्यो तर अहिले त्यसले पुष्टि गरिदिएको छ ।

दिनहु खेलसँग नजिक हुँने मान्छे म ! एक किसिमको खेलकुदको नशा म मा रहेछ । थाहा नपाई म खेलकुदको दुर्भशनीमा फसिसकेको रहेछु । जिन्दगीमा खेलकुद मिठो भाइरससरी टासिएको रहेछ ।

त्यसको प्रमाणित यो बेलाले झन गाढा रुपमा आवास गराईदिन्छ । नेपालमा अहिले लकडाउन चलिरहेको छ । कसरी हुन्छ यो महामारीबाट जोगिन सकिन्छ भन्नेमा सबै लागिपरेका छन् । आशा पनि छ हामी सफल चाडैं सफल हुनेछौं र विश्व पनि सफल हुनेछ ।

क्रमश : समय बिदै छ , दिनहरु बितिरहेका छन् । तर जति मनलाई अनेक माध्यमबाट भुलाउँन कोसिस गरेपनी अपुरो – अधुरो जस्तै अनुभुती भईरहन्छ । आखिर किन ? किन कि म मेरो खेलकुदलाई मिस (सम्झना ) गरिरहेको रहेछु ।

– सलमान शाह (अनलाइन खेलखबर )

प्रतिक्रिया दिनुहोस्