onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहित शर्मा क्रिक किंगडमको ब्राण्ड एम्बेसेडरमा नियुक्त

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान तथा टिमका उप – कप्तान रोहित शर्मा एक एकेडेमीको ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएका छन् ।

युएईको दुबईमा केन्द्रित ‘क्रिक किंगडम’ ले उनलाई एम्बेसेडरको रुपमा नियुक्त गरेको छ । विश्व क्रिकेटमा पछिल्लो समय प्रतिष्ठित क्रिकेट एकेडेमीको रुपमा आफ्नो पहिचान बनाईसकेको यस एकेडेमीमा भारतका तिब्र गतिका बलर धवल कुलकर्णी मेन्टरका रुपमा रहेका छन् ।

पछिल्लो समय विश्वभर माहामारीका रुपमा देखा परेको कोरोना भाइरसले गर्दा अहिले सम्पूर्ण खेल क्षेत्र पनि प्रभावित भएको अवस्थामा यस एकेडेमीले अनलाइन प्रशिक्षण गराउँने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्