onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेस्सी सगैँ रोनाल्डो पनि बाहीरिए पछि : बिश्वकपको सेमिफाइनल प्रवेशका लागि उरूग्वे र फ्रान्स भिड्ने

असार १७ , अनलाईन खेलखबर || रसियामा जारी विश्वकपको २१औं संस्करणको दोस्रो प्रि-क्वाटरफाईनल खेल मा उरुग्बे सगँ पोर्चुगल २-१ को अन्तरले पराजित हुँदै पोर्चुगल प्रि- क्वाटर फाईनल बाटै बाहिरियो । स्टार खेलाडी रोनाल्डो को टिम पोर्चुगल अन्तिम १६ बाट बाहिरिनु अगाडि अर्का स्टार खेलाडी मेस्सी को टिम अर्जेन्टिना पनि फ्रान्स सगँ ४-३ ले निराश बन्दै अन्तिम १६ बाटै घर फर्किएको थियो ।

सनिवार राती भएको प्रि- क्वाटरफाईनल को दोस्रो खेल मा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गरेसँगै मेस्सी को जस्तै रोनाल्डो को पनि अगाडिको यात्रामा पूर्णविराम लागेको हो ।

फ्रान्सेली क्लब पीएसजीका स्टार इडिन्सन काभानी चम्किएपछि उरूग्वेले सन २०१६ को युरोकप विजेता पोर्चुगल लाई हराउन सफल भएको हो ।

उरूग्वेको जितमा काभानीले २ गोल गरे । पोर्चुगलका लागि पेपेले गोल गरेपनि हार टार्न सकेनन्।

अब यो सगैं फ्रान्सले शनिबार अर्जेन्टिनालाई र उरुग्वेले पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा भेट पक्का गरेका छ्न । फ्रान्स र उरुग्वेबीचको क्वाटरफाइनल खेल असार २२ गते हुनेछ। क्वाटरफाइनलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्