onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गल्फर प्रतिमा शेर्पा फोर्ब्सको सूचीमा पर्न सफल

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालकी प्रोफेसनल गल्फर प्रतिमा शेर्पाले फोर्ब्स एसियाको युवा ३० भित्र स्थान बनाईएकी छिन् ।

फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै आएको प्रभावशाली युवाको सूचीमा नेपाली गल्फर प्रतीमाले मनोरञ्जन र खेलकुद विधावाट स्थान बनाएकी हुन् ।

उनिसँगै यस वर्ष अन्य पाँच नेपाली पनि यस सूचीमा आफुलाई उभाएका छन् । जसमा फूडमारियोका रोहित तिवारी, प्याड टु गोका सुभांगी राणा तथा जेसलिना राणा, अर्बन गर्लका निकिता आचार्य तथा किरण तिमल्सिना रहेका छन् । 

यस प्रक्रियाका लागि ३५ सय नोमिनेशन भएको थियो । जसबाट ३ सय छ्नोट हुन पुगेका थिए । जसमा नेपालका ६ जनाले पनि स्थान पक्का गर्न सफल भए ।

जसमा गल्फर शेर्पा पनि एक हुन् । उनी नेपालकी राम्रो गल्फ खेलाडीको रुपमा पछिल्लो समय आफुलाई प्रमाणित गरेसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्