onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

भारतीय क्रिकेटरद्घारा कोरोना भाइरससँग लड्न ठूलो आर्थिक सहयोग

एजेन्सी । भारतका चर्चित क्रिकेटरहरुले कोरोना भाइरस ब्यवस्थापनका लागि भारतीय सरकारलाई ठूलो आर्थिक सहयोग गरेका छन् ।

उनिहरुले भारतीय सरकारको विभिन्न निकायको कोरोना भाइरस राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । जसमध्य चर्चित क्रिकेट खेलाडी सचीन तेन्दुलकरले ५० लाख भारतीय रुपिए प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।

सचीनसँगै सहयोग गर्नेमा गौतम गम्भीरको नाम अग्रपंक्तिमा आउँछ । उनले ठूलो रकम सहयोग गर्ने क्रममा १ करोड ५० लाख र पूर्वी दिल्लीबाट सांसद समेत रहेका उनले आफ्नो १ महिनाको तलबसमेत सहयोग गर्ने भएका छन् ।

यस्तै बीसीसीआई अध्यक्षसमेत रहेका सौरभ गांगुलीले करिव ५० लाख जतीको चामल सहयोग गरेका छन् । भने भारतीय चर्चित खेलाडी शुरेस रैनाले ५२ लाख र अजिंक्य रहाणेले १० लाख सहयोग गरेका छन् ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा देखा परेको यस भाइरसबाट अहिलेसम्म विश्वभर ३१ हजार भन्दा बढीले आफ्नो ज्यान गुमाईसकेका छन् ।

चीनबाट सुरु भएको यस भाइरसले सबैतिर प्रभावित गरेको छ । पछिल्लो समय युरोपेली मुलुकहरुमा यस्को प्रभाव धेरै देखिएको छ ।

हालसम्म ईटालीमा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो स्थितिमा ईटालीमा १० हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् । भने भारतमा पनि ९ सय ८७ लाई सक्रमित देखीदा २५ जना ले ज्यान गुमाईसकेका छन् ।

यता हाम्रो नेपालमा पनी हालसम्म ५ जनामा कोरना भाइरस भेटिएको पुष्टि भएको छ । भाइरस नेपाल आगमनसँगै नेपाल सरकारद्घारा रोकथाम गर्न अनेकौं उपायहरु अहिले अवलम्बन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *