onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

कोरोना राहत कोषमा सन्दीपद्वारा आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) ।नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेद्वारा कोरोना भाइरस ब्यवस्थापनका लागि नेपाली एक लाख आर्थिक सहयोग गरेका छन् ।

बिहिबार आफ्नो सामाजिक संजालमार्फत नेपाल सरकारको कोरोना भाइरस राहत कोषमा उनले आर्थिक सहयोग गरेका हुन् ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा देखा परेको यस भाइरसबाट विश्वभर २२ हजार भन्दा बढीले आफ्नो ज्यान गुमाईसकेका छन् ।

चीनबाट सुरु भएको यस भाइरसले अहिले सबैतिर प्रभावित गरेको छ । पछिल्लो समय युरोपेली मुलुकहरुमा यस्को प्रभाव धेरै देखिएको छ ।

जसमध्य हालसम्म ईटालीमा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो स्थितिमा ईटालीमा ७ हजार ५ सय भन्दाबढीले आफ्नो ज्यान गुमाईसकेको अवस्था भने नेपालमा हालसम्म ३ जना यस भाइरसबाट सक्रमित भएको पुष्टि भएको छ ।

भाइरस नेपाल आगमनसँगै नेपाल सरकारद्वारा यस भाइरस रोकथाम गर्न अनेकौं उपायहरु अहिले अवलम्बन गरिएको छ । यता विश्वभर कोराना भाइरसका कारण सम्पूर्ण खेलकुद गतिविधि पनि बन्द र स्थगन भएको छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *