onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्ततः ओलम्पिक पनि स्थगित

एजेन्सी । आउँदो जुलाई २४ देखि सुरु हुने भनिएको विश्व खेलकुदको महा कुम्भमेला टोकियो ओलम्पिक अन्ततः स्थगित हुन पुगेको छ ।

पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण जापानमा तय भएको ओलम्पिक खेल १ वर्षको लागि स्थगन गरिएको हो ।

प्रतियोगिताको लागि जापानले सम्पूर्ण तयारी अन्तिम समयमा पुराएको अवस्थामा विश्वभर कोराना भाइरसले प्रभाव जारी राखेपछी खेल स्थगित हुन पुगेको हो ।

यसबीचमा यो अबस्थामा विभिन्न ठूला देशहरुले ओलम्पिकका सहभागी जनाउँने नसक्ने बताएपछि जापानले स्थगित गरेको घोषणा गरेको छ ।

एजेन्सीका अनुसार जापानी प्रधानमन्त्री र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षको सहमतिमा स्थगनको निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्