onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

मैदान कर्मचारी जयबहादुरलाई खेलाडी र प्रशिक्षकद्वारा आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर )। क्रिकेट प्लेयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ ।

करिव डेढ दशक देखि मैदानमा अहोरात्र खटिदै आएका जयबहादुर तामाङ (सेते दाई) अहिले मिर्गौलाको समस्याबाट जुधिरहेका छन् ।

काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराईरहेका उनको परिवारलाई शनिबार नेपाली क्रिकेट खेलाडी र प्रशिक्षकद्वारा संकलन १ लाख ३३ हजार प्रदान गरिएको छ ।

संकलन भएको रकम नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल,मुख्य प्रशिक्षक जगत टमटा र सिप्यानका सचिव राजु बस्न्यात स्वयम् अस्पताल पुगि तामाङकी श्रीमती निर्मायालाई रकम हस्तान्तरण गरेका थिए ।

कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको अवस्थामा अहिले त्यसका लागि परिवारले सम्पूर्णसँग सहयोगको याचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *