onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट गतिविधी स्थगित

काठमाडौं (अनलाइन खेलखबर ) । हाल विश्वभर महामारी रुपमा फैलिरहेको कोराना भाइरसका कारण अहिले विश्वभर सबै क्षेत्रहरुलाई त्यसले प्रभावित गर्दै गएको छ ।

यसबीचमा अधिकाम्स खेल गतिविधि स्थगित भएका छन् भने हुँने क्रममा रहेका छन् । यस्तोमा नेपाल क्रिकेट संघले पनि आफ्नो सम्पूर्ण गतिविधिलाई तत्कालका लागि स्थगित गरेको बताएको छ ।

बिहिबार संघले सूचना जारी गरि अर्को सूचना जारी नहुँदासम्म सम्पूर्ण गतिबिधी रोक्न निर्देशन दिएको छ ।

अब जिल्ला , प्रदेशका सचिवालय बन्द हुने छन् भने आगामी राष्ट्रिय प्रतियोगिताको छ्नोट प्रक्रिया पनि प्रभावित हुनेछ ।

केही दिनअघि नेपालको खेलकुदको निकाय राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले सम्पूर्ण संघलाई तत्काललाई आफ्नो खेल गतिविधि रोक्न निर्देशन दिएको थियो । जसलाई नेपाली क्रिकेट संघले कार्यन्वन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्