मेस्सी को सपना मा फ्रान्स बाधक : अर्जेन्टिना प्रि-क्वाटरफाईनल बाटै बाहिरियो ।

मेस्सी को सपना मा फ्रान्स बाधक : अर्जेन्टिना प्रि-क्वाटरफाईनल बाटै बाहिरियो ।

असार १६ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औ फिफा बिश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो प्रि- क्वाटरफाईनल मा २ पटक को बिश्व बिजेता टोलि तथा अघिल्लो बिश्वकप को फाईनालिस्ट लियोनल मेस्सी को टोलि अर्जेन्टिना फ्रान्स सगँ रोमाञ्चक खेलमा ४-३ पराजित हुन पुगेको छ । अर्जेन्टिना लाई निराश गर्दै फ्रान्स क्वाटरफाईनल को यात्रा तय गर्न सफल भयो ।

आज भएको खेल मा खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोइन ग्रिजम्यानले उत्कृष्ट गोल गर्दै फ्रान्स ले अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै १-० ले पछि परेको अर्जेन्टिनाका लागि खेलको ४२ औं मिनेटमा डि मारियाले सुन्दर गोल गरेका थिए । फ्रान्सका स्ट्राइकर केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ १-१ को बराबरी मा सकिएको खेल मा भने दोस्रो हाफ को पहिलो मिनेटमै अर्जेन्टिनाका लागि गाब्रियल मर्काडोले गोल गर्दै २–१ को अग्रता बनाएका थिए । तर, खेलको ५८ मिनेटमा ब्याञ्जामिन भाडले फ्रान्सका लागि उत्कृष्ट गोल गर्दै खेल २–२ मा पुर्याए । यसपछि भने अर्जेन्टिना निराश बन्न पुग्यो फ्रान्सका लागि ६४ र ६८ मिनेटमा किलियन मबापे ले लगातार २ गोल गर्दै खेल ४–२ को अन्तरमा पुर्याएका थिए । र अन्तिम तिर ईन्जुरि समय मा अर्जेन्टिना का एगुरो ले गोल गरेपछी खेल रोचक बन्न पुगेको थियो । यसपछि अर्जेन्टिना खेलमा फर्किन खोज्दा खोज्दै समय बाधक बन्न पुग्यो र अर्जेन्टिना फ्रान्स सामु निराश हुन पुग्यो । र दुईपटक को बिश्व बिजेता अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरियो ।

क्वाटरफाईनल पुगेको फ्रान्स ले समूह चरण को पहिलो खेल मा अस्टे्लिया लाई २-१ ले पराजित गर्न सफल भएको थियो भने दोस्रो खेलमा पेरु लाई १-० ले पराजित गरेको थियो भने अन्तिम खेलमा डेर्नमार्क सगँ भने बराबरी खेल्दै समूह “सि ” को बिजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

समूह चरण मा अर्जेन्टिना ले १ बराबरी , १ जित र १ हार ब्यहोरेको थियो । जसमा आईसल्यान्ड सगँ पहिलो खेलमा १-१ को बराबरी खेलेको थियो दोस्रो खेलमा क्रोएसिया सगँ ३-० ले पराजित हुन पुगेको थियो भने अन्तिम महत्त्वपूर्ण खेलमा नाईजेरिया लाई २-१ ले पराजित गर्दै समूह “डि” को उप-बिजेता बन्दै प्रि-क्वाटरफाईनल को यात्रा तय गरेको थियो ।
तर बिश्वकप को पहिलो क्वाटरफाईनल मा फ्रान्स सगँ निराश हुँदै अर्जेन्टिना को यसपटक बिश्वकप को ट्रफी उचाल्ने सपना सपना मै सिमित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *