onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

नेपाल र ईङल्यान्डबीचको मैत्रीपूर्ण फुटबल पनि स्थगित

काठमाडौं (अनलाइन खेलखबर )। अहिले विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण एक पछि अर्को खेलकुद गतिविधि बन्द हुने क्रममा जारी रहेको छ ।

नेपालसँगै विश्वभरका लगभग अधिकाम्स प्रतियोगिताहरु स्थगित भएका छन् । यसबीचमा नेपाली फुटबल टिम र ईङल्यान्डको `सी ´टोलीबीच जेठ १२ गते ईङल्यान्डमा हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) दिएको जानकारी अनुसार अर्को सुचना नभए सम्मका लागि मैत्रीपूर्ण खेल स्थगित गरिएको बताएको छ ।

माघमा एन्फा र ईङल्यान्ड फुटबल संघबीच दुई खेलको लागि सम्झौता भएको थियो । जसमा पहिलो खेल ईङल्यान्डमा हुने र दोस्रो खेल खेल्न ईङल्यान्ड टोली नेपाल आउँने रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *