onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतिय मुलकी विनीसँग ग्लेन मैक्सवेल विवाह बन्धनमा बाँधिदै

एजेन्सी – अष्ट्रेलियाका चर्चित क्रिकेटर ग्लेन मैक्सवेलले अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी भारतीय मुलकी विनी रमनसँग विवाह वन्धनमा बाधिने पक्का गरेका छ्न ।

जसको ग्लेन मैक्सवेलले केही दिनअघि आफ्नो सामाजिक संजालमार्फत विनीसँग ईगेन्जमेन्ट गरेको जानकारी गराएका थिए ।

यस्तै भारतिय शैलिमा भएको ईगेन्जमेन्टको तस्बिर विनीले पनि आफ्नो सामाजिक सन्जाल ईस्टाग्राममा पोस्ट गरेका छिन् ।

केहि समय देखि सम्बधमा रहेका यि जोडीले अन्ततः विवाह बन्धनमा बाधिने निर्णय गरेका हुन ।

तर विवाह कहिले गर्नेछ्न त्यो भने अझै खुलाईएको छैन तर यो भन्न सकिन्छ चाडैं नै यो जोडी विवाह बन्धनमा बाधिएको देख्न सकिनेछ ।

मूलरूपमा अष्ट्रेलियामा रहने विनी मेडिकल सेन्टरकी रहेको बताईएको छ ।

यता ईगेन्जमेन्ट गरेसँगै अष्ट्रेलियन क्रिकेट टिमका सदस्यसँगै अन्य सुभचिन्तकहरु तथा साथीहरुले उनलाई बधाई पनि दिईसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्