onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महत्त्वपूर्ण खेलमा सर्बिया लाई पराजित गर्दै ब्राजिल समूह बिजेता : अब राउन्ड अफ सिक्टिन मा मेक्सिको सगँ खेल्ने

एजेन्सि , अनलाईन खेलखबर || पाउलिन्हो र सिल्भा को उत्कृष्ट गोल मार्फत रसिया मा जारी फिफा बिश्वकप मा ब्राजिल ले सर्बिया माथी सानदार २-० को अन्तरको जित हासिल गरेको छ । यो सगैँ ब्राजिल समूह “ई ” को बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । भने पराजित सर्बिया समूह चरण बाटै बाहिरियो ।

स्पार्टक रंगशालामा भएको खेलमा ब्राजिलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा कौटिन्होको पासमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राजिल ले पहिलो हाफ मा लगातार आक्रमण गरे पनि १-० मै पहिलो हाफ सकिएको थियो ।

दोस्रो हाफ को सुरुवात राम्रो लय मा देखिएको सर्बिया ६८ औ मिनेट मा अर्को गोल खादै निराश बन्न पुग्यो । जुन गोल ब्राजिल का लागि थियागो सिल्भा ले गरेका थिए । यसपछि दुबै पक्ष बाट गोल हुन सकेन र खेल २-० मा सकियो ।।

ब्राजिल ले यसअघि पहिलो खेलमा स्विटजरल्यान्ड सगँ १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेल मा कोस्टारिका माथी २-० को जित हासिल गरेको थियो ।

यता आजै नै समूह ” ई ” को अन्तिम खेलमा स्विटजर ल्यान्ड र कोस्टारिका ले २-२ को बराबरी खेले सगै ब्राजिल सगैँ स्विटजल्यान्ड पनि अन्तिम १६ मा पुगेको छ ।

आजको जित सगै समूह “ई” बाट बिजेता बन्दै अन्तिम १६ मा पुगेको ब्राजिल ले अब अन्तिम १६ मा समूह “एफ ” को उपबिजेता मेक्सिको सगँ खेल्नेछ । जुन खेल जुलाई २ तारिख का दिन पौने ८ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्