onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अब आईपीएल नयाँ मितिमा

एजेन्सी – विश्वको सबैभन्दा चर्चित तथा ब्याबसाहिक क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) निर्धारित मितिमा नहुने भएको छ ।

हाल विश्वभर महामारी हिसावले संकटको रुपमा देखा परिरहेको कोरोना भाइरसको कारण आइपिएल निर्धारित मितिमा नहुने भएको हो ।

यहि मार्च २९ देखि मे २४ सम्म तय भएको आईपीएल अन्ततः कोरोनाको प्रभावसँगै अब आईपीएल अप्रिल १५ गतेबाट सुरु हुने भएको छ ।

शुक्रबार भारतीय क्रिकेट कट्रोल बोर्ड (बीसीसीआई) को विशेष बैठकमार्फत प्रतियोगिताको नयाँ मिति तय भएको हो ।

भारतिय सन्चारमाध्यमहरुले यस संस्करण खाली रंगशालामा हुन सक्ने सम्भावना रहेको भन्दै गर्दा यस विषयमा भारतीय क्रिकेट कट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो आधिकारिक धारणा भने प्रस्तुत गरेको छैन ।

तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)भने बोर्डलाई सुचित र सल्लाह भने दिएको बताएको छ ।

यता भारतमा हालसम्म भाइरसबाट सक्रमित सङ्ख्या ७४ पुगिसक्दा विश्वभर १ लाख २० हजार भन्दा बढी प्रभावित भईसक्दा भाइरसबाट ४५०० जनाले आफ्नो ज्यान पनि गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्