onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आहा ! रारा गोल्डकप फुटबलको उपाधिका लागि मनाङ र पुलिस भिड्ने

काठमाडौं (अनलाइन खेलखबर )। पोखरामा जारी १८ औं संस्करणको आहा!रारा गोल्डकप फुटबलको फाइनलमा
मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

बिहिबार प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङले पुलिससँगको फाइनल भेट पक्का गरेको हो ।

पुलिसले भने सेमिफाइनलमा साविकको विजेता थ्री स्टार क्लबलाई ३-० ले पराजित गरेको थियो ।

अब उपाधिका लागि यी दुईबीच शनिबार प्रतिष्पर्दा हुनेछ । खेल दिउँसो १ बजेपछी सुरु हुनेछ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्