onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लयबाट भड्किएको भारतलाई दक्षिण अफ्रिकाको चुनौती

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो पौने २ बजेपछि हिमाचल प्रदेश क्रिकेट एसोसिएसन रंगशाला , धर्मशालामा हुने खेलमा घरेलु टोली भारत जितको खोजिमा रहने छ ।

यता पाहुना टोली पनि उत्तिकै लयमा रहेको छ । भारत भ्रमणमा आउँनु अघि दक्षिण अफ्रिकाले अष्ट्रेलियासँग घरेलु मैदानमा टि – ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो ।

जसमा टि – ट्वान्टी २-१ ले गुमाएको भएपनी तीन खेलको एकदिवसीय सिरिजमाथि क्लिनस्विप गरेको थियो । जुन लयलाई दक्षिण अफ्रिका भारतमा पनि दोराउन चाहन्छ ।

भारतले दक्षिण अफ्रिकासँगको यो सिरिज खेल्नुअघि न्युजिल्यान्डसँग लामो सिरिज खेलेको थियो । जसमा पाँच टि – ट्वान्टी सिरिज , तीन खेलको एकदिवसीय सिरिज र दुई टेस्ट खेलेको थियो ।

जसमा भारतको नतिजा त्यति सन्तोषजनक भने आएन । जसअन्तर्गत टि – ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको भारत एकदिवसीयमा सबै खेल गुमाउँदा टेस्टमा पनि पराजय ब्यहोरेको थियो ।

यस्तोमा पछिल्लो समयमा लयमा देखिएको दक्षिण अफ्रिका र लयबाट भड्किएको भारतबीचको आजको खेल पक्कै पनि हेर्नलायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्