onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्राजिल का लागि समूह बिजेता बन्दै अन्तिम १६ मा पुग्ने राम्रो अबसर

असार १३ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औ फिफा बिश्वकप मा आज समूह ” ई ” का अन्तिम २ खेल हुदैछ्न । एकै समय मा दुबै खेल पौने १२ बजे देखि हुदैछ ।

जसमा स्विटजरल्यान्ड ले समूह चरण बाटै बाहिरिएको कोस्टारिका सगँ भिडदै गर्दा जारि बिश्वकप को उपाधी दाबेदार टिम मध्य को एक ब्राजिल ले सर्बिया सगँ खेल्दैछ ।

समान २/२ खेलि सक्दा समुह ” ई ” मा पाँच पटक को बिश्व बिजेता ब्राजिल ४ अंक सहित शीर्षस्थान मा रहेको छ भने स्विटजरल्यान्ड ले ४ अंक सहित पछ्याईरहेको छ भने अझै दोस्रो समीकरण मै रहेको सर्बिया ले ३ अंक सहित सम्भावना जिबितै राखेको छ । ब्राजिल ले यसअघि पहिलो खेलमा स्विटजरल्यान्ड सगँ १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेल मा कोस्टारिका माथी २-० को जित हासिल गरेको थियो । यस्तै स्विटजरल्यान्ड ले एक खेल बराबरि र एक मा जित निकालेको छ भने सर्बिया ले पहिलो खेलमा कोस्टारिका लाई १-० ले पराजित गरे पनि दोस्रो खेल मा भने सर्बिया सगँ २-१ ले पराजित हुन पुगेको छ ।

ब्राजिल , स्विटजरल्यान्ड र सर्बिया को अन्तिम १६ मा जाने सम्भावना आजकै खेलले निर्धारण गर्नेछ । यदि ब्राजिल ले सर्बिया लाई आज हरायो भने सिदै समूह को बिजेता बन्दै अन्तिम १६ को बाटो पक्का गर्नेछ र अन्तिम १६ मा समूह “एफ ” को उपबिजेता सगँ खेल्नेछ ।जुन खेल असार १९ गते पौने ८ बजे हुनेछ । यदि आज ब्राजिल र सर्बिया विचको खेल बराबरी मा रोकिए पनि दोस्रो चरण मा भने पुग्नेछ ।

फिफा बरियता मा सर्बिया ११ स्थान र ब्राजिल दोस्रो स्थान मा भए पनि खेल स्तर चाहिँ धेरै भिन्न देखिन्छ यि दुई टिम बिच पछिल्लो भेट ४ बर्ष अघि भएको मैत्रीपुर्ण खेल मा ब्राजिल ले सर्बिया लाई १-० ले पराजित गरेको थियो ।

स्पार्टक एरेना मस्को मा हुने खेलमा दुबै टिम स्पस्ट नतिजा निकाल्ने रणनीति का साथ मैदान उत्रिने छन , पछिल्लो समय लगातार १३ खेल मा अपराजित रह्दै राम्रो लय मा रहेको ब्राजिल आजको खेलमा पनि हाबी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्