onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

झापाका दुई क्रिकेट प्रशिक्षण केन्द्रलाई बुटवल ब्लास्टर्सको साथ

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पीपीएल को एक फेन्चाईज टिम बुटवल ब्लास्टर्स झापास्थित पेट्रियोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर र दमक क्रिकेट क्लबसँग जोडिएको छ ।

अब बुटवलले पेट्रियोटिक र दमक क्रिकेट क्लबला युवा क्रिकेटरलाई आफ्नो प्रशिक्षण शिविरका साथै उच्चस्तरिय क्याम्पमा पनि सहभागि गराउने छ ।

जसका लागि मंगलवार बुटवल ब्लास्टर्स र पेट्रियोटिक, दमक क्रिकेट क्लबबीच एक सम्झौता समेत भएको छ ।

जसमा बुटवलका तर्फबाट प्रबन्ध निर्देशक अमित पोखरेल ,दमक क्रिकेट क्लबका अध्यक्ष अविश खनाल र पेट्रियोटिक ट्रेनिङ्ग सेन्टरका रोशन धितालले हस्ताक्षर गरेका थिए ।

एक वर्षको सम्झौता अनुरुप अब यी प्रशिक्षण केन्द्रले आफ्नो खेल र अभ्यासका दौरान जर्सीमा बुटवल ब्लास्टर लोगो प्रयोग गर्दछन् ।

यस्तै दमक क्रिकेटक्लबले आयोजना गरेको प्रत्येक प्रतियोगितामा बुटवल ब्लास्टर्सले सक्दो योगदान पुर्‍याउने उल्लेख रहेको छ ।

सम्झौता पछि यस सहयोगबाट `हामी धेरै उत्साहित र खुसी छौं, यो उदाउँदा खेलाडीहरूका लागि पक्कै उपयोगी हुनेछ जसलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म चाहिन्छ । ´

त्यसका लागि यो राम्रो अवसर बन्ने पेट्रियोटिक ट्रेनिङ्ग सेन्टरका रोशन धितालले विश्वास गरेका थिए ।

यस्तै सम्झौता कार्यक्रममा पेट्रियोटिक ट्रेनिङ्ग सेन्टरकी उपाध्यक्ष प्रनिता पोखरेल र सचिव दिपेश रिमालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्