onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि सुजनालाई

काठमाडौं (अनलाइन खेलखबर ) । हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेटकी सुजना लोहनीले जित्न सफल भएकी छिन् ।

आइतबार सात चरणको खेलमा सुजनाले ६.५ अंक जोडिदै च्याम्पियन बनिन् ।

काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा काठमाडौंकी सिन्डिरा जोशी ६ अंकसाथ दोश्रो तथा धनुषाकी स्नेहा यादव ५.५ अंकसाथ तेश्रो हुन सफल भईन ।

यस्तै काठमाडौंकै आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौं स्थानमा रहन सफल भए ।

विजेता सुजनाले नगद २५ हजार प्राप्त गर्दा बाँकी दोस्रो , तेस्रो , चौथों र पाँचौले क्रमश : १५ , ८ , ६ र ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक संघका अध्यक्ष जीवनराम श्रेष्ठलगायतको उपस्थितिमा एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्