onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली युवा क्रीकेट टोली लाई भारत ले क्रीकेट खेल्न बोलायो

असार १२ , अनलाईन खेलखबर । भारतीय क्रिकेट नियन्त्रण वोर्ड (बिसिसिआर्इ) ले नेपाली यु – १९ क्रीकेट टोलि लाई भारत भम्रण का लागि आमन्त्रण गरेको छ । आउदो यू-१९ एसिया कप लाई मध्यनजर गर्दै अन्डर १९ टोली को अभ्यासका लागी नेपाल सगँ प्रतिस्पर्धा खेल खेक्न नेपाली युवा टोलि लाई बोलाएको हो ।

फाईल फोटो

बिसिसिआई प्रस्ताव अनुसार नेपाल यू-१९ र अफ्गानिस्तान यू-१९ लार्इ उक्त प्रतिस्पर्धा खेल्नका लागि बोलाएको छ । १३ देखि २८ सेप्टेम्बर सम्म युएई मा हुन लागेको यू-१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतिस्पर्धा गर्न लागिएको हो । बिसिसीआई का अनुसार उक्त प्रतिस्पर्धा का खेलहरु कोलकतामा हुनेछ्न ।

राहुल ड्रविडको प्रयासमा भारतका ए टोली र अन्डर १९ टोलीका लागी धेरै अभ्यास खेल खेलाउन यो सिरिज आयोजना हुन लागेको हो ।

केहि समय अगाडी मलेसिया मा सप्पन्न एसिया कप मा नेपाली यु – १९ ले भारतिय अन्डर नाइन्टिन लाई १९ रनले पराजित गर्दै ईतिहास रचेको थियो र नेपाली युवा क्रीकेट टोलिको निकै नै राम्रो चर्चा बिश्वभर चलेको थियो ।

पहिलो पटक नेपाल ले भारत लाई हराउदाँ भारतिय टोलि का प्रशिक्षक राहुल द्रविड थिए अहिले पनि उनी ले नै हेरिरहेका छ्न । यसअर्थमा पनि नेपाल को उत्कृष्ट प्रंदशन गरेको देखेर उनि नेपाली युवा टोलि प्रती निकै नै प्रभावित हुँदै आएका छ्न ।

प्रतिक्रिया दिनुहोस्