onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतलाई हराउँदै अष्ट्रेलियाले चुम्यो पाँचौपटक विश्वकपको उपाधि

एजेन्सी । भारतलाई आईसीसी महिला टि – ट्वान्टी विश्वकपमा पराजित गर्दै अष्ट्रेलियाले पाँचौपटक विश्वकपको उपाधि उचालेको छ ।

विश्वकपमा सर्वाधिक सफल टिम अष्ट्रेलियाले पाँचौपटक विश्व च्याम्पियन हुने क्रममा पहिलोपटक फाइनल खेलेको भारतलाई ८५ रनले पराजित गर्दै ईतिहास रचेको हो ।

फाइनल खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८५ रनको विशाल विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारत १९.१ ओभरमा अलआउट हुँदै ९९ रनमा सिमित हुन पुगेपछी अष्ट्रेलियालाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

विशाल लक्ष्यलाई पछ्याएको भएपनि भारतका लागि दिप्ती शर्माले ३३ रन तथा वेदा कृष्णमूर्तिले १९ , रिचा घोषले १८ र स्मृति मंधानाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख योगदान गर्न नसक्दा टिम निराश हुन पुग्यो ।

भारतको ब्याटिङ ध्वस्त पार्ने क्रममा बलिङतर्फ अष्ट्रेलियाका मेगन शुट एक्लैले ४ तथा जेस जोनासेनले ३ विकेट लिएका थिए साथै सोफी मोलिनेक्स, डेलिसा किम्मिन्स र निकोल क्यारीले पनि १/१ विकेट हात पारेका थिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

सुरुवाती अवस्था देखि भारतिय बलरसामू खुलेर खेल्ने क्रममा ओपनरद्वय ब्याटर एलिसा हेली र बेथ मुनीले १ सय १५ रनको ओपनिङ साझेदारी गरेका थिए ।

टिमलाई निकै राम्रो सुरुवात दिलाएकी हेलि ११.४ ओभरमा ब्यक्तिगत ७५ रनमा आउट हुन पुगेकी थिइन । मात्र ३९ बलको सामना गरेकी उनले आक्रमक ब्याटिङ गर्ने क्रममा ७ चौका र ५ छ्क्कासहित उक्त रन बनाएकी थिइन ।

हेली आउट भएपछी कप्तान मेग लेनिंग १६ रन बनाएर आउट हुन पुग्दा एश्लेग गार्डनर २ रन र राचेल हेन्सले मात्र ४ रन बनाईन ।

तर टिमलाई अन्त्यसम्म पुर्याउँदै सानदार ब्याटिङ गरेकी बेथ मुनीले अविजित रहदै ७८ रनको योगदान गरेपछी फाइनल खेलमा अष्ट्रेलियाले विशाल योगफल खडा गर्न सफल भएको थियो ।

बलिङतर्फ भारतकी दिप्ती शर्माले २ तथा पुनम पाण्डे र राधा यादवले समान १/१ विकेट लिएका थिए ।

यसअघि अष्ट्रेलियाले सन् २०१०, २०१२ , २०१४ र २०१८ मा विश्वकप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्