onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकपको फाइनल आज : ईतिहास रच्ने दाउमा भारत

एजेन्सी । आईसीसी महिला टि – ट्वान्टी विश्वकपको उपाधिका लागि आज घरेलु टोली अष्ट्रेलिया र भारत भिड्दै छन् ।

अष्ट्रेलियास्थित मेलबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछी सुरु हुने खेलमा पहिलोपटक फाइनल पुगेको भारत ईतिहास रच्ने दाउमा रहेको छ ।

विश्वकपमा अपराजित रहेको एक मात्र टिम भारतले समूह चरणमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको थियो । जसमा पहिलो खेलमै आज फाइनल भेट पक्का गरेको अष्ट्रेलियालाई १७ रनले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा बंगलादेशलाई १८ रनले , तेस्रो खेलमा न्युजिल्यान्डलाई ३ रन र समूहको अन्तिम खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै समूह`ए´ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा भारतको भेट समूह`बी´ को विजेता ईङल्यान्डसँग भएको थियो । तर दुभाग्यपूर्ण त्यो दिन भारी वर्षाका कारण खेलनै हुन सकेन र आईसीसीले समूह चरणको प्रदर्शनका आधारमा भारतलाई फाइनलको टिकट दिएको थियो ।

यता भारतको समूहमा नै रहेको अष्ट्रेलियाको हारबाट विश्वकपको सुरुवात भएपनी बाँकी खेलमा भने अष्ट्रेलियाले जित हासिल गर्दै पाँचौपटक विश्व विजेता हुने नजिक पुगेको छ ।

पहिलो खेलमा भारतसँग १७ रनले हार ब्यहोरेको अष्ट्रेलिया दोस्रो खेलमा श्रीलंकालाई ५ विकेट , तेस्रो खेलमा बंगलादेशलाई ८६ रन र समूहको अन्तिम खेलमा न्युजिल्यान्डलाई ४ रनले पराजित गर्दै समूहको उप – विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गरेको थियो । जसमा वर्षाले प्रभावित गरेको खेलमा डिएल मेथडमार्फत ५ रनले नतिजा आफ्नो पक्षमा अष्ट्रेलियाले पार्दै फाइनलमा भारतसँग भेट पक्का गरेको थियो ।

तुलनात्मक रुपमा आजको फाइनल खेल निकै रोमान्चक बन्ने अपेक्षा रहेको छ । समूह चरणमा अष्ट्रेलियामाथी जित हासिल गरेको भएपनी भारतलाई आज त्यति सहज पक्कै हुनेछैन ।

विश्वकपको सबैभन्दा सफल टिममध्यको एक टिम अष्ट्रेलिया यसअघि सन् २०१०, २०१२ , २०१४ र २०१८ मा विश्व च्याम्पियन बनेको थियो भने सन् २०१६ मा उप – विजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्