onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिग विजेता मछिन्द्रलाई पहिलोपटक माइभ्याली गोल्डकपको उपाधि

काठमाडौं (अनलाइन खेलखबर )। ईलाममा भएको माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले उचालेको छ ।

फाईल फोटो ।

ईलामस्थित टुँडिखेलमा शनीबार भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली माइभ्याली फुटबल क्लबलाई रोमान्चक बनेको खेलमा १-० ले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्ने क्रममा मछिन्द्रले खेलको अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले गरेको एकमात्र गोलनै मछिन्द्रलाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

उपाधिसँगै मछिन्द्रले नगद ८ लाख प्राप्त गर्दा उप – विजेतामा सिमित हुन पुगेको माइभ्यालीले ५ लाखमा चित्त बुझायो ।

यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता समेत रहेको मछिन्द्र क्लबले यसअघि झापामा भएको अर्को फुटबल प्रतियोगिता सताक्षी गोल्डकप पनि जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्