onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता खेली नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।

प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यसहित थाईल्याण्ड पुगेको नेपालले सोचे अनुरुप प्रदर्शन भने गर्न सकेन ।

५ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल चौथोस्थानमा रहदै प्रतियोगिताको समापन गरेको थियो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमै मलेसियासँग २२ रनले पराजित हुन पुगेको थियो । टि – ट्वान्टी चिर- प्रतिद्वन्द्वी मलेसियासँग नेपाल लामोसमयको अन्तरालपछि पराजित हुन पुगेको थियो ।

मलेसियासँग पहिलो खेलमा पराजित भएपछी सेप्टेम्बरमा पाकिस्तानमा हुने टि – ट्वान्टी एसिया कपको अन्तिम छ्नोट प्रतियोगितामा छ्नोट हुन दोस्रो खेलमा नेपालले हङकङलाई हराउँनै पर्ने थियो ।

तर नेपाल हङकङसँग लज्जास्पद हार ब्यहोर्ने क्रममा ४३ रनले निराश हुन पुगेको थियो ।

तेस्रो खेलमा भने घरेलु टोली थाईल्याण्डलाई नेपालले सहज तरिकाले पराजित गर्दा अन्तिम खेल भने सिगांपुरसँग वर्षाका कारण रद्द हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्