onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गोल को बर्षात भएको खेलमा ईङ्ल्यान्ड बिजयी : समुह “जि” बाट बेल्जियम सगै ईङल्यान्ड पनि दोस्रो चरण मा प्रबेश

असार १० , अनलाईन खेलखबर || रसिया मा जारी २१ औं फिफा बिश्वकप फुटबल अन्तर्गत आज भएको समूह ‘जी’ को समूह चरण को खेलमा ईङ्ल्यान्ड ले पानामा विरुद्ध कीर्तिमानी ६-१ को ठूलो अन्तरले जित हासिल गरेको छ । जारी बिश्वकप मा यो अहिले सम्म को ठूलो अन्तर हो ।

सन् १९८६ मा पाराग्वे र पोल्याण्डलाई साथै सन् २००२ मा डेनमार्कलाई ३-० ले हराएपछि यो नै इंग्ल्याण्डको ठूलो अन्तरको जित हो ।

गोल को वर्षा भएको खेलमा ईङल्यान्ड ले पहिलो हाफ मै ५ गोल गरेको थियो । पहिलो हाफ ५-० मा सकिएको खेलमा दोस्रो हाफ मा भने १ गोल गर्दै १ गोल पानामा को खाएको थियो । जसमा कप्तान ह्यारी केन ले ह्याटि्रक ३ गोल गरे उनले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्न सफल भए ।

यस्तै खेलमा इंग्ल्याण्डले आठौं मिनेट मा स्टोन्सको गोलबाट अग्रता लिएको थियो । यस्तै ३६ मै मिनेटमा लिंगाडले गोल गरेका हुन् । यस्तै स्टोन्स ले नै ४० औ मिनेट मा अर्को गोल गरेका थिए । पानामाका लागि फिलिप बालोयले खेलको ७८ औं मिनेटमा गोल गरे ।

यो जित सगै समूह “जि ” बाट बेल्जियम सगै ईङ्ल्यान्ड पनि राउन्ड अफ सिक्टिन मा स्थान पक्का गरेको छ । भने पराजित पानामा समूह चरण बाटै बाहिरिन बाध्य भयो र समूह चरण बाट ट्युनिशिया पनि बाहिरिएको छ । अब ईङ्ल्यान्ड ले समूह चरण को अन्तिम खेल आगामी जुन २८ मा दोस्रो चरण पुगिसकेको बेल्जियम सगँ खेल्नेछ । जुन खेल ले समूह बिजेता को टुङ्गो लगाउने छ ।

आज हुने अन्य दुई खेल

पोल्यान्ड र कोलंबिया ( ८:४५ )
जापान र सेनेगल ( ११:४५ )

प्रतिक्रिया दिनुहोस्