onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

एजेन्सी । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल पनि दक्षिण अफ्रिकाले जित्न सफल भएको छ ।

योसँगै सिरिज पनि आफ्नो नाममा लेखाउन सफल भएको छ । बुधबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले ६ विकेटले बाजि मार्यो ।

खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ७२ रनको विजयी चुनौतीलाई घरेलु टोली दक्षिण अफ्रिकाले ९ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई लगातार दोस्रो जित दिलाउँने क्रममा दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान जेन्नेमान मलानले शतकीय पारी खेलेका थिए ।

कतियरकै पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले अविजित रहदै १ सय २९ रन बनाए । १३९ बलको सामना गरेका उनले उक्त रन बनाउँने क्रममा ७ चौका र ४ छ्क्कासमेत प्रहार गरे ।

यस्तै टिमका लागि अलराउन्डर जेजे स्मुट्सले ४१ रन , हेनरिक क्लासेनले ५१ रन तथा डेविट मिलरले अविजित रहदै ३७ रनको योगदान गरेपछी टिमले सहज जित हासिल गर्न सफल भयो ।

बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पाले २ तथा प्याट कमिन्स र मिशेल स्टार्कले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै आफ्नो सबै विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान आरोन फिन्च र डी आर्सी शर्टले समान ६९/६९ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि अर्का ओपनर डेविट वार्नरले पनि ३५ रन जोड्दा मिशेल मार्शले ३६ र एलेक्स क्यारीले २१ रन बनाएका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडी एक्लैले ६ विकेट लिएका थिए भने आनिच नोर्त्जेले २ तथा एन्डिले फेल्लुक्वायो र तबराइज शम्सी पनि १/१ विकेट लिएका थिए ।

अब यी दुईबीच सिरिजको अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ । एकदिवसीय सिरिज अघि तीन खेलको टि – ट्वान्टी सिरिजमा अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्