onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईसल्यान्ड विरुद्ध नाईजेरिया बिजयी : नाईजेरिया ले जित्दा अर्जेन्टिना लाई फाईदा

असार ८ , अनलाईन खेलखबर || रसिया मा जारी फिफा विश्वकप को समूह “डी” अन्तर्गत आज भएको खेलमा नाईजेरिया ले आईसल्यान्ड लाई २-० ले पराजित गरेको छ ।

पहिलो पटक बिश्वकप मा सहभागी हुँदै पहिलो खेल मा अर्जेन्टिना विरुद्ध सनसनिपुर्ण बराबरी मा रोक्न सफल भएको आईसल्यान्ड आज नाईजेरिया सगँ भने पराजित हुन पुग्यो भने नाईजेरिया को यो पहिलो जित हो ।।

यता आज नाईजेरिया ले जिते पछि यसको प्रत्यक्ष फाइदा भने अर्जेन्टिनालाई भएको छ । अन्तिम १६ मा पुग्ने अर्जेन्टिना को समीकरण अनुसार आज को खेल मा नाईजेरिया जितेको खण्ड मा अर्जेन्टिना का लागि सहज बन्ने थियो । अब यदि समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउदै र क्रोएशिया र आइसल्याण्ड खेलमा क्रोएसिया ले आईसल्यान्ड लाई हराएमा वा बराबरी मा मात्र रोकिए पनि अर्जेन्टिना अन्तिम १६ मा पुग्ने भाग्यमानी टिम बन्नेछ ।

२ खेलबाट ६ अंक जोडेको क्रोएशिया समूहको शीर्ष स्थानमा रहेको छ भने आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा समान १/१ अंक जोडेका आइसल्याण्ड र अर्जेन्टिना क्रमसः तेस्रो र चौथो स्थानमा छन् ।

आज भएको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको भएता पनि दोस्रो हाफमा भने बढी आक्रामक देखिएको नाइजेरियाले २ गोल गर्न सफल भयो बलियो रक्षापंक्तिलाई चिर्दै दुवै गोल अहमद मुसाले गरेका थिए । उनले ४९ औ मिनेट र ७५औं मिनेट मा गोल गरेका थिए । र ८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा पनि स्ट्राइकर जिल्फी सिगर्डसन चुकेपछि आईसल्यान्ड २-० को हार ब्यहोर्न बाध्य भयो ।।

प्रतिक्रिया दिनुहोस्