onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

थाईल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौं ( अनलाइन खेलखबर ) । एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्याण्डमाथि सानदार जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा नेपालले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा थाईल्याण्डलाई ९ विकेट पराजित गरेको छ ।

खेलमा थाईल्याण्डले प्रस्तुत गरेको ६७ रनको विजयी चुनौतिलाई नेपालले ५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जित दिलाउँन ओपनर ब्याट्सम्यान कुशल मल्ल र पवन सरार्फले अविजित रहदै क्रमशः ३६ र २७ रनको योगदान गर्दा पारस खड्काले ९ रन बनाए ।

त्यसअघि टर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै थाईल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै आफ्नो सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।

कमजोर घरेलु टोलीमाथि नेपालले सुरुवाती अवस्था देखिनै दबाब सिर्जना गरेको थियो ।

खेलमा नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । ईनिङको दोस्रो ओभरको पाँचौ बलमा करणले नभिद पठानलाई ब्यक्तिगत ८ रनमा अभिनाश बोहराको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि थाईल्याण्डले २.४ ओभरमा टिमको स्कोर ९ रन हुँदा अर्का ओपनर ड्यानिएल जेकब्सलाई सुन्य रनमा गुमायो उनी रनआउट हुन पुगेका थिए ।

त्यसपछि थाईल्याण्डको विकेट पतन रोकिएन । सस्तैमा थाईल्याण्डका ब्याट्सम्यान पभेलियन फर्किए ।

यसबीचमा ७.६ ओभरमा थाईल्याण्डले टिमको स्कोर १९ रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे ।

वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।

यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए।

यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप लामिछाने पनि १/१ विकेट लिए ।

छ्नोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुन पुगेको नेपालको छ्नोट हुने सम्भावनालाई यो जितले सहयोग गरेको छ ।

तर नेपालले लिगको अन्तिम खेलमा सिंगापुरमाथि स्पष्ट जितका साथै अन्य बाँकी टिमको प्रदर्शनमा नेपालको बाँकी यात्रा निर्धारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्