onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

करण चम्किँदा थाईल्याण्डको ब्याटिङ ध्वस्त : नेपालले पायो झिनो विजयी चुनौती

काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाईल्याण्डको सामना गरिरहेको छ ।

टर्डथाइ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै आफ्नो सबै विकेट गुमाएर ६६ रन बनाएको छ ।

कमजोर घरेलु टोलीमाथि नेपालले सुरुवाती अवस्था देखिनै दबाब सिर्जना गरेको थियो ।

खेलमा नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । ईनिङको दोस्रो ओभरको पाँचौ बलमा करणले नभिद पठानलाई ब्यक्तिगत ८ रनमा अभिनाश बोहराको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि थाईल्याण्डले २.४ ओभरमा टिमको स्कोर ९ रन हुँदा अर्का ओपनर ड्यानिएल जेकब्सलाई सुन्य रनमा गुमायो उनी रनआउट हुन पुगेका थिए ।

त्यसपछि थाईल्याण्डको विकेट पतन रोकिएन । सस्तैमा थाईल्याण्डका ब्याट्सम्यान पभेलियन फर्किए ।

यसबीचमा ७.६ ओभरमा थाईल्याण्डले टिमको स्कोर १९ रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे ।

वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।

यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए।

यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप लामिछाने पनि १/१ विकेट लिए ।

छ्नोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुन पुगेको नेपाललाई छ्नोट हुने सम्भावना जिवित राख्न पनि थाईल्याण्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने दबाब रहेको छ ।

यतिले मात्र नेपालको भाग्य निर्धारण हुनेवाला छैन अन्य बाँकी टिमको प्रदर्शनमा नेपालको बाँकी यात्रा निर्धारण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्