onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप बने टि – ट्वान्टीमा सय विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने टि–ट्वान्टी फर्म्याटमा १ सय विकेट लिने नेपालका पहिलो खेलाडी बन्न सफल भएका छन् ।

अहिले थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा मलेसियाविरुद्ध ३ विकेट हात पारेपछी उनि १ सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन ।

यो खेल अघि उनको विकेट सङ्ख्या ९९ विकेट रहेको थियो । उनको सय विकेट पुग्ने क्रममा राष्ट्रिय टिमबाट र विभिन्न फेन्चाईज लिगहरुको विकेटका आधारमा सय विकेट पूरा भएको हो ।

प्रतिक्रिया दिनुहोस्