onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

एसीसी इस्टर्न रिजनको ट्रफी सार्वजनिक

काठमाडौं (अनलाइन खेलखबर ) । थाईल्यान्डमा शनिबार देखि सुरु हुन गईरहेको एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि -ट्वान्टी क्रिकेट प्रतियोगिताको छ्नोट प्रतियोगिता अन्तर्गतको यस प्रतियोगितामा सहभागी ५ टिमका कप्तानको उपस्थितिमा ट्रफी बिहिबार सार्वजनिक गरिएको हो ।

यस प्रतियोगितामा च्याम्पियन हुने लक्ष्यसहित थाईल्याण्ड पुगेको नेपालले पहिलो खेलमा शनिबार मलेसियासँग खेल्दैछ ।

आयोजक थाइल्याण्डसहित नेपाल , मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले दोस्रो खेलमा हङकङसँग मार्च १ तारिखमा खेल्नेछ ।

त्यसपछि मार्च ४ मा नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ । र नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा सन्चालन हुने प्रतियोगिताको उत्कृष्ट दुई टिम फाइनल पुग्नेछन् र एसिया कपको अन्तिम छ्नोटका लागि छनोट हुनेछन् ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी( उप -कप्तान ) , पारस खड्का ,आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *