onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोस्टारिका माथी २-० को जित निकाल्दै पाचँ पटक को बिश्व च्याम्पियन ब्राजिल अन्तिम १६ नजिक

असार ८ , अनलाईन खेलखबर || रसिया मा जारी फिफा बिश्वकप फुटबल अन्तर्गत आज भएको समूह ” ई ” को महत्त्वपूर्ण खेल मा पाचँ पटक को बिश्व बिजेता ब्राजिल ले पाच पटक बिश्वकप खेल्दै गरेको कोस्टारिका लाई २-० को अन्तरले पराजित गरेको छ ।

यो जित सगै ब्राजिल ४ अंक सहित समूह को शीर्षस्थान मा उक्लिएको छ । यसअघि स्विटजरल्यान्ड सगँ बराबरी खेलेको ब्राजिल का लागि अन्तिम १६ मा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा थियो । सुरुबात देखि नै निकै आक्रमक शैली मा खेले पनि गोल गर्न निकै संघर्ष नै गर्नुपर्यो । कोस्टारिका लाई निकै दबाब मा राखेपनी गोलभने दोस्रो हाफको ईन्जुरि समय नै कुर्नुपर्यो । नेमार र फिलिप्पे कौटिन्होले कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिललार्इ विश्वकपको पहिलो जित दिलाएका हुन ।

निर्धारित समयमा कोस्टारिकाले ब्राजिललार्इ गोररहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो मिनेटमा कौटिन्हो र थपिएको अन्तिम समय मा नेयमार ले गोल गरेका थिए ।

जितसँगै ब्राजिल अन्तिम १६ को नजिक पुगेको छ भने कोस्टारिका लगातार दुईखेल मा पराजित हुँदै बिश्वकप को समूह चरण बाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्