onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट अवार्ड चैत्रमा हुने

काठमाडौं (अनलाइन खेलखबर ) । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले गर्दै आईरहेको ‘एनसीसीएस सिप्यान क्रिकेट अवार्ड’चैत्र २१ गते हुने भएको छ ।

आईतबार सिप्यानले काठमाडौंमा पत्रकार सम्मेलन गरि अवार्डको बारेमा जानकारी गराएको थियो ।

जसअन्तर्गत यसपटक पाँच विधामा अवार्ड प्रदान गरिने आयोजकले जानकारी गराएको छ । विधाहरुमा वर्ष क्रिकेट खेलाडी पुरुष तथा महिला, वर्ष उदयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ ।

वर्ष क्रिकेट खेलाडी पुरुष र महिला अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गर्ने छन् । भने बाँकी विधाकाले जनही ६६ हजार नगद प्राप्त गर्नेछन् ।

अघिल्लो संस्करणको अवार्डमा वर्षको उत्कृष्ट खेलाडी सन्दीप लामिछाने र सीता रानामगर घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्