onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

लन टेनिस

टेनिस टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं ( अनलाइन खेलखबर ) । फेब्रुअरी २२ देखि २९ तारिखसम्म ईन्डोनेसियामा हुन गईरहेको आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लन टेनिस टोली आज शुक्रबार ईन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।

प्रतियोगितामा सहभागि हुन समान ३/३ पुरुष र महिला खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । जसमा निहाल जंगबहादुर थापा, प्रसिद्ध मोक्तान , निश्चल कायश्थ र महिलातर्फ रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् ।

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *