onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला टि – ट्वान्टी विश्वकप आज देखी सुरु हुँदै

एजेन्सी । आज शुक्रबार देखि अष्ट्रेलियामा आईसीसी महिला टि – ट्वान्टी विश्वकप सुरु हुँदैछ ।

जसअन्तर्गत विश्वकप पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

यसपटक विश्वकपमा ९ टेस्ट राष्ट्र मान्यता प्राप्त टिम र एक एसोसिएट टिमको सहभागिता रहेको छ । एसोसिएटबाट थाईल्यान्डले पहिलोपटक विश्वकप खेल्दैछ ।

कुल १० टिमको सहभागीता रहेको विश्वकपमा दुई समूह विभाजन गरिएको छ ।

जसमा समूह’ ए´ मा आयोजक अष्ट्रेलिया , भारत , न्युजिल्यान्ड , श्रीलंका र बंगलादेश रहेका छन् । भने समूह ‘बी´ मा ईङल्यान्ड ,दक्षिण अफ्रिका , वेस्ट ईन्डिज , पाकिस्तान र थाईल्यान्ड रहेका छन् ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । फाइनल खेल मार्च ८ मा मेलबर्नमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्