onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्कटल्याण्डका मुन्से पोखराबाट ईपीएल खेल्ने

काठमाडौं (अनलाइन खेलखबर ) । चैत्र १ गते देखि १५ गतेसम्म हुन गईरहेको नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) को मिति नजिकिदै गर्दा अहिले विदेशी खेलाडीलाई टिमहरुले अनुबन्धित गर्ने क्रम जारी रहेको छ ।

त्यसमध्य पोखरा राईनोजले स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेलाई टिममा अनुबन्धित गरेको छ ।

बिहीबार पोखरा राईनोजले प्रेस विज्ञप्ति निकाल्दै मुन्सेले पोखराबाट खेल्ने जनाएको हो ।

योसँगै पोखराले तेस्रो बिदेशी खेलाडीलाई अनुबन्धित गरेको छ । जसमा वेस्ट ईन्डिजका लेजेन्डरी खेलाडी क्रिस गेल र अलराउन्डर केस्रिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।

मुन्सेले अहिलेसम्म स्कटल्याण्डबाट २५ एकदिवसीय , ३८ टि ट्वान्टी अन्तर्राष्ट्रिय , ४ प्रथम श्रेणी र ४० लिष्ट `ए´ खेलेका छन् । मुन्सेले टि -ट्वान्टीमा १ शतक र ५ अर्धशतक सहित कुल ९ सय ८७ रन बनाएका छन् । जसमा उनको उत्कृष्ट प्रर्दशन १ सय २७ रन अविजित रहेको छ ।

यता यो संस्करणमा वेस्ट ईन्डिजका ड्वेन स्मिथ भैरहवा, श्रीलंकाका उपुल थरंगा ललितपुरबाट , आयरल्यान्डका पाउल स्टर्लिङ र अफगानिस्तानका मोहम्मद शाहजाद चितवन टाईगर्स र आयरल्यान्डका अलराउण्डर केभीन ओ ब्रायन काठमाडौंबाट खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्