onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओसिस क्रिकेट एकेडेमीको ९९ रनको अग्रता

काठमाडौं ( अनलाइन खेलखबर ) । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुईदिवसीय क्रिकेट प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमीले ९९ रनको अग्रता बनाएको छ

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब ५० ओभर भित्र ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको अवस्थामा ईनिङको समाप्ति भएको घोषणा गरेको थियो ।

पहिलो ईनिङमा बालुवाटारले उक्त रन बनाउने क्रममा दिनेश बुढा मगरले शतकीय १ सय २८ रनको योगदान गरे । १०२ बलको सामना गरेका उनले १७ चौका र ४ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अभिनाश सिंहले ४५ रन तथा नविन तामाङले २६ रन र प्रशान्त पण्डितले १५ रनको पारी खेलेपछि टिमले उक्त रन बनाउँन सफल भयो ।

बलिङतर्फ ओसिसका स्वरुप श्रेष्ठ एक्लैले ५ विकेट लिए भने सचिन शर्मा , रोशन पुलामी र सुमित श्रेष्ठले पनि १/१ विकेट लिए ।

त्यसपछी ओसिस क्रिकेट एकेडेमीले आफ्नो पहिलो ईनिङ सुरु गरेको थियो र पहिलो दिनको समाप्तिमा ओसिस ५३ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको छ । र यो स्थितिमा ओसिसले ९९ अग्रता बनाएको छ ।

उसका लागि सचिन शर्मा ११७ रनमा अविजित छन् भने सुमित श्रेष्ठ पनि ६८ रनमा अविजित रहेका छन् । त्यसअघि ओसिसका आशिष झाले अर्धशतकीय पारी खेल्ने क्रममा ६० रन बनाए भने सुदीप बस्नेतले २३ रन तथा रोशन पुलामीले ११ रन बनाएका थिए ।

बलिङतर्फ बालुवाटारका सुरेश बस्नेतले ३ तथा नविन तामाङले २ र राजन जिसीले १ विकेट लिए ।

हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक भएको दुईदिवसीयमा क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् । यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।
राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्