onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आशिफको शतकीय पारीमा ग्रेट हिमालय बलियो स्थितिमा

काठमाडौं | दोस्रो संस्करणको हिमालय क्रिकेट लिग (एचसीएल ) को पहिलो दिनको खेल सँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी बलियो स्थितिमा पुगेको छ ।जसअन्तर्गत ग्रेट हिमालयले १ सय ६४ रनको अग्रता कायम गरेको छ ।

मूलपानि क्रिकेट मैदानमा भएको खेलमा टस  हारेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेटएकेडेमी ( एचसीए ) ३४. १ ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनाएको थियो । 

एचसीएका लागि रजत तिमल्सिनाले सर्वाधिक ठूलो पारी खेले । ३८ बलको सामनागरेका उनले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे । यस्तै गजेन्द्र बोहराले १६ रन , अम्रित थापाले१४ रन , भुमि सिंह कुवरले १६ रन र अत्यतिर सन्दीप शाहीले २३ रनको योगदान गर्नुबाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम अलआउट हुन पुग्यो । 

बलिङतर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमीका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २/२ विकेट लिए भने अरियो पौडेल र विवेक यादवले पनि १/१ विकेट हात पारे । 

त्यसपछी ग्रेट हिमालयले आफ्नो पहिलो पारीमा ६०ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो । ग्रेट हिमालयका लागि कप्तान आशिफ शेखले शतकीयपारी खेले । ९५ बलको सामना गरेका उनले १७ चौका र १छक्कासहित १०० रन बनाए । यस्तै ग्रेट हिमालयका लागि आयुश बस्नेतले पनि६९ रनको योगदान गरे भने आयुशमान बमले ५३ रन तथा अशोक बस्नेतले ५२ रनको योगदान गरे ।

बलिङतर्फ हिमालय क्रिकेटका सन्दीप शाहीलेसर्वाधिक ४  विकेट लिए भने  कप्तान प्रतिष जिसीले २ विकेट लिए । भने गजेन्द्र बोहरा र दिपक बोहराले पनि १/१विकेट हात पारे ।   

ग्रेट हिमालयको पारी सकिएपछी हिमालय क्रिकेट एकेडेमीले आफ्नो दोस्रो पारी सुरु गरेको छ ।  पहिलो दिनको खेलसमाप्तिसम्ममा उसले १२ रन बनाएको अवस्था छ । 

कुल ६ टिमको सहभागिता रहेको यस प्रतियोगितामा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।  विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्