onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

लिग विजेताको निर्णायक खेल आज हुँदै

काठमाडौं (अनलाइन खेलखबर ) । शहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा आज लिग विजेताको निर्णायक खेल हुँदैछ ।

फोटो – एन्फा

जसमा विभागीय टोली त्रिभुवन आर्मी र मछिन्द्र भिड्दै छन् । दिउँसो साढे १ बजेपछी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा आर्मीलाई जित या बराबरी पनि लिग च्याम्पियन हुनेछ भने मछिन्द्रलाई जितनै निकाल्न जरुरी छ ।

हाल आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ । भने आर्मीलाई पछ्याईरहेको मछिन्द्रको १२ खेलबाट २८ अंक रहेको छ ।

यस्तोमा लिगको अन्तिम खेल फाइनल सरहको हुन पुगेको छ । दुबै टिम उत्तिकै सम्भावना बोकेको टिम हुँँदा आज के हुन्छ त्यो अनुमान गर्न गार्हो पर्छ ।

यसअघि लिग विजेता हुन नसकेको हुँदा लिगले आज एक नयाँ च्याम्पियन भने पक्का पाउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *