onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

ईतिहास रचेको बंगलादेश टोलीलाई स्वदेशमा भब्य स्वागत

एजेन्सी । दक्षिण अफ्रिकामा भएको आईसीसी यु – १९ विश्वकपमा चारपटकको विश्व च्याम्पियन भारतलाई हराउँदै पहिलोपटक विश्वकप जितेको बंगलादेशी खेलाडीलाई स्वदेशमा भब्य स्वागत गरिएको छ ।

विश्वकपमा ईतिहास रचेर बुधबार स्वदेश फर्किएको बंगलादेशी टोलीलाई विमानस्थलमा हजारौं समर्थक देखि बंगलादेश क्रिकेट बोर्ड ( बिसिबी ) अध्यक्ष नजुमिल हसन लगायतले स्वागत गरेका थिए ।

त्यसपछि खेलाडीलाई बोर्डले शेर ए बांग्ला नेशनल क्रिकेट स्टेडियममा एक कार्यक्रमसहित भब्यरुपमा च्याम्पियन टोलीलाई स्वागत गरेको थियो ।

आईतबार भएको फाइनल खेलमा भारतलाई ३ विकेटले पराजित गर्दै बंगलादेश पहिलोपटक च्याम्पियन बन्दै ईतिहास रचेको थियो ।

फाइनलमा मध्यम लक्ष्यलाई पछ्याएको बंगलादेशको सुरुवात पनि राम्रो हुन पुगेको थियो । ८.५ ओभरमा टिमको स्कोर ५० रन हुँदा पहिलो विकेटको रुपमा तन्जिद हसनलाई ब्यक्तिगत १७ रनमा गुमाएको बंगलादेशले त्यसपछि थप ५२ रन थप्दा महत्वपूर्ण ६ रन गुमाईसकेको थियो ।

तर ओपनर ब्याट्सम्यान परवेज हुसेन इमोन र कप्तान अक्बर अलिको जोडीले खेललाई पुन बंगलादेशतर्फ फर्काएका थिए । यी दुईबीच सातौं विकेटका लागि ४१ रनको साझेदारी हुन पुग्दा बंगलादेश जितको नजिक पुगेको थियो ।

तर दुर्भाग्य ३१ ओभरको अन्तिम बलमा टिमको स्कोर १४३ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका परवेजलाई यशस्वी जयस्वालले पभेलियनको बाटो देखाईदिएपछी बंगलादेश फेरी दबाबमा आएको थियो ।

जयस्वालको बलमा क्याच आउट हुन पुगेका उनले ७९ बलको सामना गर्दै ७ चौकाको सहयोगमा ४७ रनको योगदान गरे ।

अत्यतिर ४१ ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन हुँदा मैदानमा पानी परेपछी खेल केही बेर प्रभावित हुन पुगेको थियो ।

जसमा बंगलादेशले १ सय ७८ बाट १ सय ७० रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई ४६ ओभरमा पूरा गर्नु पर्ने अवस्थामा रहेको थियो । जसमा बंगलादेशले ४२.१ ओभरमा उक्त लक्ष्यलाई पूरा गरेको थियो ।

टिमलाई जिताउने क्रममा कप्तान अक्बर अलि र रकिबुल हसनले अविजित रह्दै क्रमशः ४३ र ९ रनको योगदान गरेका थिए ।

र यो उपाधि बंगलादेश क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि समेत हो । यसअघि बंगलादेशले आईसीसीका कुनै पनि प्रतियोगिता जित्न सकेको थिएन । तर युवा खेलाडीले देशका लागि आईसीसीको पहिलो ट्रफी स्वदेश भित्राएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *