onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

अष्ट्रेलियालाई ठूलो धक्का ! म्याक्सवेलले दक्षिण अफ्रिकासँगको सिरिज गुमाउने

एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिकासँगको टि- ट्वान्टी , एकदिवसीय सिरिज र ईण्डियन प्रिमियर लिग ( आईपीएल ) का सुरुवाती खेलहरु गुमाउने भएका छन् ।

अष्ट्रेलियन टिमका महत्वपूर्ण सदस्य म्याक्सवेल चोटिल भएका कारण दक्षिण अफ्रिका यात्रा गुमाउने भएका हुन । उनको स्थानमा डार्सी शॉर्टलाई टिममा समाबेश गरिएको छ ।

उनको बाँया कुहिनोमा चोट लागेको छ । त्यसका लागि आज उनको सल्यक्रिया हुने बताईएको छ । त्यसपछि पूर्ण फिट हुन ६-८ हप्ता जति लाग्ने चिकित्सक बताउँछन ।

सिरिज गुमाउने भएपछि म्याक्सवेल भन्छ्न‘मेरो लागि यो सिरिजबाट हटन निकै गाह्रो निर्णय थियो आगमी दिनहरुमा अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो गर्न सकु भनेर बेल्लैमा सल्यक्रिया गर्ने निर्णय गरेको हो ‘ ।

सिरिज अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच ३ खेलको टि – ट्वान्टी र समान ३ खेलकै एकदिवसीय सिरिज हुनेछ ।

जसको सुरुवात २१ फेब्रुअरी मा पहिको टि – ट्वान्टी खेल हुनेछ । यो सिरिज पछि मार्चको अन्त्यतिरबाट हुने आईपीएलमा पनि म्याक्सवेलले सुरुवाती खेलहरु गुमाउने छन् ।

उनलाई पंजाबले १० करोड ७५ लाखमा टिममा अनुबन्धित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *