onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल

ढोरपाटन महिला लिग भलिबलको उपाधि एपीएफलाई

काठमाडौं (अनलाइन खेलखबर ) । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बुधबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३-० को सेटमा जित निकाल्दै एपीएफले लिगमा अपराजित रहदै उपाधि जितेको हो ।

अघिल्लो संस्करणको पनि उपाधि उचालेको एपीएफले लगातार दोस्रो वर्ष पनि उपाधि उचाल्ने क्रममा पुलिसलाई २५-२१, २५-२१ र २५-१९ को सेटमा पराजित गरेको थियो ।

च्याम्पियन बन्ने क्रममा एपीएफले १४ खेलमा ४१ अंक जोडन सफल भयो भने उपविजेता बनेको पुलिसले १४ खेलमा ३७ अंक जोडेको थियो ।

लिग विजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गर्दा पुलिसले २ लाख ५ हजार प्राप्त गर्न सफल भयो ।

यस्तै लिगमा त्रिभुवन आर्मी तेस्रो भयो भने न्यु डाईमण्ड स्पोर्ट्स क्लब चौंथो भएको थियो ।जसमा आर्मीले १ लाख ५ हजार र न्यु डाईमण्डले ७५ हजार प्राप्त गर्न सफल भयो ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी त्रिभुवन आर्मीकी साफिया पुन घोषित भइन् । पुलिसकी उषा भण्डारी उदियमान खेलाडी चुनिइन् । डायमण्डकी सलिना श्रेष्ठ वर्ष खेलाडी तथा एपीएफकी कप्तान विनिता बुढाथोकीले ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् ।

उनीहरु सबैले युएम स्कुटर प्राप्त गरे । यस्तै लक्की ‘ड्र’ बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे ।

व्यत्तिगत विधातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर, पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे ।

माघ १६ बाट शुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *