onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

‘ नेपाललाई जिताउन म भन्दा धेरै सुशनलाई श्रेय जान्छ’ – सन्दीप लामिछाने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली युवा स्टार खेलाडी सन्दीप लामिछानेले सिरिजमा नेपाललाई जिताउनुमा मलाई भन्दा पनि सुशनलाई धेरै श्रेय जाने बताएका छन् ।

बुधबार अमेरिकामाथि सानदार जित निकाल्ने क्रममा ८ विकेटले पराजित गरेपछी सन्दीपले संचारकर्मीहरुसँग अर्का स्पिनर सुशनको तारिफ गर्ने क्रममा सुशनले सिरिज भरीनै तारिफयोग्य प्रदर्शन गरेको बताएका थिए ।

उनले अमेरिकामाथि नेपालको कीर्तिमानी जितमा आफ्नो भन्दा पनि धेरै श्रेय सुशनमा जाने भन्दै उनले सिरिजमा जसरी लगातार जुन किसिमले प्रदर्शन गरेका छन् जुन निकै राम्रो सङ्केत समेत हो । जसले अनुभव बटुल्न पनि सहयोग पुर्याउने धारणा उनको रहेको थियो ।

सुशनले घरेलु भूमिमा सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छ्नोट प्रक्रिया अन्तर्गतको आईसीसी विश्वकप लिग -२ मा नेपालले खेलेका ४ खेलमा कुल ११ विकेट लिए ।

ओमानविरुद्दको पहिलो खेलमा उनले ३ विकेट लिएका थिए । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका उनले १ ओभर मेडन राख्दै १४ रन खर्चिएर उक्त विकेट लिन सफल भएका थिए ।

त्यसपछि दोस्रो खेलमा अमेरिकाविरुद्ध पनि उनले ३ विकेट लिएका थिए भने तेस्रो खेलमा ओमानविरुद्ध १ र अन्तिम अमेरिकासँगको खेलमा उनले ४ विकेट लिएका थिए । उनले ३ ओभरमा १ ओभर मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिन सफल भएका थिए ।

यता सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ विकेट र अन्तिम खेलमा ६ विकेट लिएका थिए । उनी ओमानविरुद्धको खेलमा भने विकेट विहिन रहेका थिए ।

भिडियोमा

प्रतिक्रिया दिनुहोस्