onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं (अनलाइन खेलखबर ) | सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रक्रिया अन्तर्गतको आईसीसी विश्वकप लिग -२ मा नेपालले दोस्रो जित हासिल गरेको छ

लिगमा दोस्रो जित हासिल गर्ने क्रममा नेपालले बुधबार अमेरिकालाई सानदार तरिकाले पराजित गर्ने क्रममा ८ विकेटले पराजित गर्न सफल भएको छ ।

खेलमा अमेरिकाले प्रस्तुत गरेको निकै झिनो ३६ रनको विजयी चुनौतीलाई नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा पारस खडकाले अविजित रहदै २० रन तथा दिपेन्द्र सिंह एरि पनि अविजित रहदै १५ रनको योगदान गरेका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुन पुग्दा सुवास खकुरेल सून्य रनमा आउट हुन पुगे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निकै खराब ब्याटिङ गर्दै १२ ओभरमा अलआउट हुँदै ३५ रनमा सिमित हुन पुग्यो।

उसका लागि जेभियर मार्शलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन र टिम निकै कम स्कोरमा रोकिन बाध्य भयो ।
त्यसअघि जिम्बाबेले श्रीलंकासँगको खेलमा ३५ रन बनाएको थियो जसमा अमेरिकाले बराबर गरेको छ ।

अमेरिकाको ब्याटिङ ध्वस्त गर्ने क्रममा सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै १ ओभर मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए भने सुशन भारीले ३ ओभरमा १ ओभर मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्