onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अमेरिकाविरुद्ध टस जितेर नेपालले सुरुमा बलिङ गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत अहिले नेपालले आफ्नो चौथों खेलमा अमेरिकासँग भिड्दै छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । अब अमेरिकाले सुरुमा ब्याटिङ गर्नेछ ।

आज घरेलु टोली नेपालले अमेरिकामाथि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । यता नेपाल भ्रमणमा रहेको अमेरिकाले यसअघिका सबै खेल गुमाएको छ । र अमेरिका नेपालमा सुखद अन्त्यको खोजिमा रहने छ ।

भने नेपालको पनि त्यति संतोषजनक प्रदर्शन हुन सकेको छैन । नेपालले यसअघि ओमानसँगको दुई गुमाएको छ ।

जसमा नेपाल ओमानसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित हुन पुगेको थियो ।

नेपाली प्लेईङ ११- ज्ञानेन्द्र मल्ल (कप्तान) , मोहम्मद आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल , सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

प्रतिक्रिया दिनुहोस्