onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप मा रोनाल्डो को उत्कृष्ट लय जारी : पोर्चुगल सगँ मोरक्को पराजित

असार ६ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औं फिफा बिश्वकप अन्तर्गत समूह ” बि ” को आज भएको दोस्रो खेल मा पोर्चुगल द्रारा र अफ्रिकन मुलुक मोरक्को १-० ले पराजित भएको छ । यो जित सगै पोर्चुगल ४ अंक सहित समूह को शीर्षस्थान मा उक्लिएको छ । आजको जित निकाल्दै पोर्चुगल दोस्रो चरण मा पुग्ने सम्भावना निकै बलियो बनाएको छ । अब पोर्चुगल ले समूह चरण को अन्तिम खेल जुन २५ मा ईरान विरुद्ध खेल्नेछ ।

आज भएको खेल मा पोर्चुगलको पहिलो हाफ मा १-० को अग्रता कायम गरेको थियो । मस्कोको लुज्निकी रंगशालामा भएको खेलको पहिलो हाफ को चौथो मिनेट मै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो ले गोल गरेका थिए । जुन गोल जित का लागि प्रयाप्त बन्यो ।

रोनाल्डो गोल गर्ने क्रम मा कर्नर बाट आएको बललाई उत्कृष्ट हेड गर्दै जाली चुमाएका थिए । पहिलो हाफ १-० ले सकिएको खेल मा दोस्रो हाफ मा भने कुनै गोल हुन सकेन र खेल पोर्चुगल ले जित्न सफल भयो पहिलो हाफको तुलनामा मा दोस्रो हाफ मा मोरक्को ले केही सुधार गर्दै आक्रमक शैली मा खेले पनि गोल भने निकाल्न असफल बन्यो केही सुन्दर मौका पनि सिर्जना पनि भएका थिए ।

योसँगै रोनाल्डोले यो विश्वकपको २ खेलमा ४ गोल गर्दै आफूलाई शीर्ष स्थानमा राखेका छन्। यस अघि पहिलो खेल मा स्पेन विरुद्ध ह्याटि्रक गरेका थिए जुन खेल ३-३ को बराबरी मा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्