onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

आर्मी र मछिन्द्रको अन्तिम खेलले लिग विजेताको निर्धारण गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । शहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले बिग्रेड ब्वाईजलाई पराजित गर्दै लिगको च्याम्पियन नजिक पुगेको छ ।

मंगलबार सातदोबाटो एन्फा कम्प्लेक्समा भएको निकै महत्वपूर्ण खेलमा आर्मीले बिग्रेड ब्याईजलाई ३-० गोल अन्तरले पराजित गरेपछि आर्मी अंकतालिकामा फेरी शीर्षस्थानमा उक्लिएको छ ।

अहिले आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ । जसलाई मछिन्द्रले पछ्याईरहेको छ । १२ खेल खेलेको मछिन्द्र २८ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

अब यस्तोमा शनिबार हुने मछिन्द्र र आर्मीको अन्तिम खेलले लिगको विजेता निश्चित गर्नेछ ।

यता आज भएको खेलमा आर्मीले खेलको पाँचौं मिनेटमा पहिलो गोल गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा कप्तान भरत खवासले टिमका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५४ औं मिनेटमा विकाश तामाङले टिमका लागि दोस्रो गोल गरेका थिए । त्यसपछी खेलको ७० औं मिनेटमा आर्मीले तेस्रो गोल गर्यो ।

तेस्रो गोल टेक बहादुर बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *