भारतलाई ठूलो डर ! न्युजिल्यान्डलाई सुनौलो मौका

भारतलाई ठूलो डर ! न्युजिल्यान्डलाई सुनौलो मौका

एजेन्सी । भारत र न्युजिल्यान्डबीचको तिन खेलको एकदिवसीय सिरिज अन्तर्गत आज अन्तिम खेल हुँदैछ ।

यसअधिका दुई खेलमा घरेलु टोली न्युजिल्यान्डले जित निकाल्दै सिरिज आफ्नो नाममा लेखाईसकेको छ । यस्तोमा यो खेल जितेमा सिरिजलाई न्युजिल्यान्डले क्लिनस्विप गर्नेछ ।

एकदिवसीय सिरिज अघि भएको पाँच खेलको टि – ट्वान्टी सिरिजमा पाँच वटै खेल आफ्नो पक्षमा पार्दै सिरिज क्लिनस्विप गरेको भारत माथि न्युजिल्यान्डलाई त्यो नमिठो हारलाई बदला लिने असवर एकदिवसीय सिरिजले जुराईदिएको छ ।

टि – ट्वान्टी र एकदिवसीय फरक भएपनि भावना भने एउटै हुन्छ । त्यसैले घरेलु टोली यो खेलमा जित निकाल्न लालाहित समेत छ ।

यस्तोमा भारतलाई सिरिज गुमाउने ठूलो डर प्रकट हुँदा क्लिनस्विप हुनबाट जोगिन चाहन्छ र कम्तिमा आज सान्त्वना जितको खोजिमा रहदै सोही अनुसारको रणनीति अनुसार मैदान उत्रिने सोचमा रहेको छ ।

यसअघि एकदिवसीय सिरिज अन्तर्गत भारत पहिलो खेलमा न्युजिल्यान्डसँग ४ विकेट र दोस्रो खेलमा २२ रनले पराजित हुन पुगेको थिगो ।

दुबै खेलमा न्युजिल्यान्डले निकै राम्रो ब्याटिङ गरेको थियो । खेलाडीहरु शान्तमय तरिकाले ब्याटिङ गरेका थिए । पहिलो खेलमा न्युजिल्यान्डका रोस टेलरले शतकिय पारी समेत खेलेका थिए । जसमा अविजित रहदै १०९ रन बनाएका थिए ।

उनिका साथै सो खेलमा भारतका श्रेयस अय्यरले पनि शतकीय पारी खेल्ने क्रममा १०३ रन बनाएका थिए ।

यस्तै दोस्रो खेलमा पनि रस टेलरले ७३ रनको पारी खेलेका हुँदा आजको खेलमा न्युजिल्यान्डले उनिबाट ठूलो आशा गरेको छ । यस्तै न्युजिल्यान्डका लागि ओपनर जोडीले पनि राम्रो गर्दै आएका छन् ।

खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेपछी सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *