onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

साविकको विजेता सेथुलाई हराउँदै केरेला फाइनलमा : सावित्राको नाममा २ गोल

एजेन्सी । नेपालकी स्टार महिला फुटबलर सावित्रा भण्डारीको टिम गोकुलम केरला इन्डियन वुमन्स लिग (आईलिग) को फाइनल प्रवेश गरेको छ ।

सोमबार बैंगलोर रंगशालामा भएको लिगको दोस्रो सेमिफाइनल खेलमा साविकको विजेता समेत रहेको सेथु एफसीलाई ३-० ले पराजित गर्दै केरला फाइनल पुगेको हो ।

सेथु नेपाली राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य अनिता बस्नेतको टिम समेत हो । जुनलाई केरलाले सहज जित निकाल्दै फाइनल पक्का गरेको छ ।

केरेलालाई फाइनल पुर्याउन नेपालकी सावित्रा भण्डारी एक्कैले २ गोल गरेकी थिइन् । भने टिमका लागि मनिशाले पनि १ गोल गरेकी थिइन् ।

खेलमा मनिशाको गोलमार्फत टिमले अग्रता बनाएको थियो । उनले टिमका लागि पहिलो गोल २१ औं मिनेटमा गरेकी थिइन् । त्यसपछि खेलको ४३ औं मिनेटमा सावित्राले टिमका लागि दोस्रो गर्न सफल भएकी थिइन् ।

पहिलो हाफमा २-० ले अगाडी रहेको केरेलाले दोस्रो हाफमा थप एक गोल गर्यो । ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्ने क्रममा सावित्राले उक्त गोल ८२ औं मिनेटमा गरेकी थिइन् ।

योसँगै उनले जारी लिगमा छनाेट चरण र लिगमा गरी हालसम्म ७ खेलबाट १८ गाेल गरिसकेकी छिन्।

अब केरेलाले उपाधिका लागि कृस्पा एफसीसँग शुक्रबार प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *